पानी जहाजबाट समुद्रमा खसेर अष्ट्रेलियन नागरिक बेपत्ता


वैशाख १४, मेलबर्न, अष्ट्रेलिया । एक अष्ट्रेलियन नागरिक पानी जहाजबाट समुद्रमा खसेका छन्। बुधबार राती करीब साँढे ११ बजेको समयमा मेलबर्नका एक व्यक्ति समुद्रमा खसेको सेभेन न्युजमा उल्लेख छ।

जहाजमा रहेका मेलबर्नका इभान रुकाभिनाले ब्रिस्बेनबाट जहाज जाने बाटोमा अप्रिल १२ मा प्रस्थान गरेको क्वान्टम अफ द सीज क्रुजमा घटना हुनुभन्दा केही घण्टाअघि नै मेडिकल आपतकालीन अवस्था भएको पुष्टि गरेका छन्।

उक्त घटनाको क्रुज कम्पनीले पुष्टि गरिसकेको छ।

रुकाभिनाले सेभेन न्युजलाई जहाजको लाउडस्पीकरमा “ओस्कर ओस्कर ओस्कर” सुनेको बताइन्। यो एउटा कोड भाषा हो जसको अर्थ ‘म्यान ओभरबोर्ड’ भएको बताइएको छ।

रुकाभिनाले उक्त व्यक्ति १५ औं तलाको बालकनीबाट आफ्नो कोठाभन्दा करिब २० मिटर माथि र मुख्य पोखरी क्षेत्र माथिबाट खसेको दाबी गरेका छन् ।

अधिकारीहरूले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन्।

क्वान्टम अफ द सीज १६ रातको यात्रामा निस्किएको छ। यो यात्रा अप्रिल २८ मा  हवाईको होनोलुलुमा समापन हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?