चीनबाट पर्थ हिँडेका व्यक्तिलाई मेलबर्न मै अपहरण, बन्दी बनाउने ३ जना पक्राउ
वैशाख १७, मेलबर्न, अष्ट्रेलिया। वेस्टर्न अष्ट्रेलियामा तीन जना पुरुषले एक व्यक्तिलाई दुई दिनसम्म अपहरण गरी कुटपिट गरी परिवारसँग पैसा मागेको आरोप लागेको छ।
प्रहरीका अनुसार ६८ वर्षीय एक व्यक्ति चीनबाट पर्थका लागि हिँडेका थिए। तर, उनलाई मेलबर्नमा २९ वर्षीय व्यक्तिसँग भेट गराएर व्यापारिक सम्झाैताको प्रलोभन देखाइयो। त्यसपछि उनीहरू नै अप्रिल २३ मा वेस्टर्न अष्ट्रेलिया गएका थिए।
प्रहरीले पहिलो पटक पर्थ आइपुग्दा तीनै जनाले २९ वर्षीय साथीको घरमा चोरीमा संलग्न भएको आरोप लगाएको छ। त्यहाँ तेश्रो व्यक्ति पनि पर्खिरहेको पाइएको छ।
‘६८ वर्षीय व्यक्तिलाई उनको इच्छाविपरीत यहाँ राखिएको थियो। उनीमाथि धेरै पटक आक्रमण गरिएको पाइएको छ, ‘वेस्टर्न अष्ट्रेलिया प्रहरीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रहरीले उक्त व्यक्तिको परिवारसँग फिराैती रकम माग गरेको समेत अभियोग ती तीनजनामाथि लगाएको छ। ६८ वर्षीय व्यक्तिलाईबन्दी बनाएको घर पत्ता लगाएपछि प्रहरीले यस घटनाबारे जानकारी पाएको हो।
२९ वर्षीय, ३७ वर्षीय र ३१ वर्षीय पुरुषलाई अपहरण र धम्की दिएर सम्पत्ति मागेको अभियोग लगाइएको छ। २९ वर्षीय र ३७ वर्षीय व्यक्ति अर्को महिना फेरि मिडल्याण्ड म्याजिस्ट्रेट अदालतमा उपस्थित हुनेछन्।