सिड्नीको होटलबाहिर एक व्यक्तिमाथि छुरा प्रहार


वैशाख १८, मेलबर्न, अष्ट्रेलिया । सिड्नीको एक होटलबाहिर एक व्यक्तिलाई छुरा प्रहार गरेको आरोपमा ४३ वर्षीय पुरुषमाथि मुद्दा लगाइएको छ।

पञ्चबोल रोडमा एक व्यक्तिले छुरा प्रहार गरेको खबर आएपछि शनिबार राति करिब ११ बजे न्यु साउथ वेल्स प्रहरीलाई बोलाइएको थियो। उक्त स्थानमा पुगेको प्रहरीले घाइते भएका ४७ वर्षीय पुरूषको घटनास्थलमा नै सामान्य उपचार गरेको थियो।

प्रहरीले दिएको जानकारी अनुसार उनी अहिले खतरामुक्त रहेका छन्।

‘सोधपुछ पछि एक ४३ वर्षीय व्यक्तिलाई केही समयपछि नै बैंकस्टाउनको घरबाट पक्राउ गरेर क्याम्पसी पुलिस स्टेशनमा लगियो’, एक प्रहरी प्रवक्ताले भने।

४३ वर्षीय ती व्यक्तिलाई गम्भीर शारीरिक हानि र झगडा गर्ने उद्देश्यले एक व्यक्तिलाई घाइते बनाएको अभियोग लगाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?