सिड्नीमा फुटबल रेफ्रीमाथि निर्घात कुटपिट, एक युवक पक्राउ
वैशाख १८, मेलबर्न, अष्ट्रेलिया । सिड्नीका फुटबल रेफ्रिमाथि कुटपिट भएको छ। निर्घात कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरि अनुसन्धान सुरू गरेको छ।
सिसिटिभी फुटेजमा कैद भएको दृश्यमा कुटपिटबाट रेफ्रीको मुखमा ठूलो चोट लागेको देखिएको छ। उक्त घटना शुक्रबार राति प्याडस्टो हर्नेट्ससँग ग्रीनेकर ईगलको खेलको क्रममा भएको थियो।
सामाजिक सञ्जालमा अपलोड गरिएको फुटेजले रेफ्रीलाई अर्कै व्यक्तिले आक्रमण गरेको बेला एक दर्शकले बारको पछाडिबाट चिच्याइरहेको देखाइएको छ।
धेरै मानिसहरूले झगडा हटाउन प्रयास गर्नु अघि अधिकारीलाई पक्राउ परेका व्यक्तिले मुक्का हानेका थिए।
कुटपिटबाट घाइते भएका रेफ्रीलाई लिभरपुल अस्पतलामा उपचार गरिएको छ।
सिड्नी ओलम्पिक फुटबल क्लबका पूर्व अध्यक्ष तथा न्यु साउथ वेल्सका खेलकुद मन्त्री स्टिभ क्याम्परले कथित आक्रमण “बिल्कुल अस्वीकार्य” भएको बताएका छन्।
त्यस्तै, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले खेलकुद संगठनहरूको सफलतामा अफिसियलको ठूलो महत्व रहने बताउँदै उनीहरूको सम्मान गर्न अनुरोध गरेका छन्।
बैंकस्टाउन जिल्ला एमेच्योर फुटबल संघले यस घटनाको अनुसन्धान गर्ने स्पष्ट पार्दै कुनै खालका हिंसाजन्य गतिविधिमा शुन्य सहनशीलताको नीति लिने बताएको छ।