१९९४ मा बम विष्फोट गराएर जासुसको हत्या गर्ने डोमेनिकको तीन दशकपछि निधन


वैशाख २७, मेलबर्न, अष्ट्रेलिया। एडिलेडस्थित राष्ट्रिय अपराध प्राधिकरण (एनसीए) को मुख्यालयमा सन् १९९४ मा भएको बम विस्फोटमा दोषी ठहर भएका व्यक्तिको निधन भएको छ।

डोमेनिक पेरेलाई गत वर्ष बम विष्फोटको अभियोगमा कम्तिमा ३० वर्षको जेल सजाय सुनाइएको थियो। उक्त विष्फोटमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो भने एक वकिल गम्भीर घाइते भएका थिए।

स्वास्थ्यमा समस्या देखिएका पेरेको गएराति अस्पतालमा निधन भएको हो । उनले एडिलेडको सिटी सेन्टरमा रहेको एनसीए भवनमा प्याकेजमा बम पठाएको पत्ता लागेको थियो।

मार्च २, १९९४ को दिउँसो भएको उक्त विष्फोटमा जेफ्री बोवेन नामक एक जासूसको मृत्यु हुँदा  पिटर वालिस नामक वकिल घाइते भएका थिए। उनको आँखा गुमेको थियो भने शरीरको ३५ प्रतिशत भाग जलेको थियो।

पेरेले वेमाउथ स्ट्रिटमा सर्जेन्ट बोवेनको कार्यालयमा बम पठाएका थिए। उनले प्रहरीले उनको परिवार संलग्न लागूऔषध व्यवसायको अनुसन्धान गरिरहेका कारण त्यसको बदला लिन बम विष्फोट गराएका थिए।

पेरेको मृत्यु दक्षिण अष्ट्रेलियाको सुधार सेवा विभाग (डीसीएस) ले पुष्टि गरेको छ।

बम विष्फोट भएपछि पेरेलाई तत्काल संदिग्ध भएको अभियोग लगाइएको थियो। तर आरोपहरू पछि हटाइयो। त्यस्तै, २०१८ मा फेरी उनीमाथि आरोप लगाइएको थियो।

सात महिनाको सुनुवाइपछि पेरेलाई प्रहरी अधिकारीको हत्या र हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। अभियोजकहरूले उनलाई पुलिस, विशेष गरी सार्जेन्ट बोवेनप्रति कडा घृणा भएको तर्क गरेका थिए।

सजायको समयमा उनी पहिले नै अन्य आरोपहरूमा हिरासतमा थिए। उनको सुनुवाइको क्रममा सर्वोच्च अदालतलाई पेरे अस्वस्थ भएको बताइएको थियो।

दोषी ठहरिएको केही समय पछि ६५ वर्षीय व्यक्ति बेहोस भएका थिए। सुधार सेवा विभागका अनुसार उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

केही समयपछि उनको नसामा भएको अवरोध हटाउन रोयल एडिलेड अस्पतालमा मुटुको शल्यक्रिया गरिएको खुलासा भएको थियो।

अक्टोबरमा उनलाई ३० वर्ष र सात महिनाको गैर-प्यारोल अवधिको साथ आजीवन कारावासको सजाय सुनाइएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?