अष्ट्रेलियाकी टिभी स्टार मोनिकाको ३७ वर्षको उमेरमा मृत्यु


वैशाख २८, एजेन्सी । अष्ट्रेलियामा जन्मेकी रियालिटी टिभी स्टार मोनिका सिरियानीको ३७ वर्षको उमेरमा इटालियन क्लबमा मृत्यु भएको छ। मनोरञ्जनका लागि क्लब पुगेकी उनको मृत्यु भएको इटालीयन सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिड्नीमा जन्मिएकी टिभी स्टार २०११ र २०१२ मा बिग ब्रदर इटालीको एक हिस्सा भएकी थिइन्।

इटालियन अखबार ला रिपब्लिकाको रिपोर्ट अनुसार ३७ वर्षीया सिरियानी मे ५ मा साथीहरूसँग बाहिर गएकी थिइन्। त्यहाँ अस्वस्थ महसुस गरेकी उनको एक स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको हो।

स्थानीय रिपोर्टका अनुसार मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ तर उनको मृत्युमा तेस्रो पक्षको संलग्नता अस्वीकार गरिएको छ।

बिग ब्रदरको २०११-२०१२ संस्करणमा इटालीमा स्थानीय अङ्ग्रेजी शिक्षक बन्नुभन्दा अघि नै सिरियानी २५ वर्षको उमेरमै कास्ट भएकी थिइन्।

उनले इटालियन पर्यटन नेटवर्कको लागि टिभी प्रस्तोताको रूपमा छोटो कार्यकाल पनि पाएकी थिइन् र फेसन मोडेलको रूपमा काम गरिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?