बलात्कार आरोपमा दोषी ठहरिएपछि अष्ट्रेलियाका पूर्व रग्बी खेलाडी जेरिड हेनलाई ३ वर्षको जेल सजाय
वैशाख २९, मेलबर्न, अष्ट्रेलिया । २०१८ मा एनआरएल ग्रान्ड फाइनलको रातमा न्यूक्यासलस्थित घरमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहरिएका अष्ट्रेलियाका पूर्व रग्बी खेलाडी जेरिड हेनले थप दुई वर्ष जेलमा बिताउने भएका छन्।
न्यायाधीश ग्राहम टर्नबुल एससीले गरेको फैसलाको क्रममा ३५ वर्षीय हेन सिल्भरवाटर सुधार कम्प्लेक्सबाट सिड्नीको डाउनिङ सेन्टर जिल्ला अदालतमा अडियोभिजुअल लिङ्क मार्फत देखा परेका थिए।
उनकी श्रीमती अमेलिया बोनिची आफ्नो पतिलाई सजाय सुनाउन अदालतमा उपस्थित नभएता पनि अनलाइनमार्फत साक्षी रहेको बताइएको छ।
पूर्व डेली-एम विजेताले अप्रिल १४ मा सर्वोच्च अदालतको जमानत सुनुवाइको क्रममा हिरासतमा लिएपछि गत चार हप्ता जेलमा बिताएका छन्।हेनले केवल १० दिनका लागि जमानत पाएका थिए। उनलाई जेल पठाइनु अघि आफ्नो स्वतन्त्रताको अन्तिम दिनहरू उनले आफ्नो परिवारसँग बिताए।
अब उनी मे २०२५ सम्म जेलमा बस्नेछन्। २०२५ पछिमात्रै उनी प्यारोलका लागि योग्य हुने बताइएको छ। उनलाई सुरूमा समग्रमा ४ वर्ष नौ महिनाको जेल सजाय तोकिएता पनि २०२२ मे ७ तारिखमा घटाइएको थियो।
पाँच वर्ष, तीन परीक्षण, अपील र नौ महिना जेलमा बिताएपछि हेनलाई अप्रिलमा उनको न्यूक्यासल घरमा २०१८ मा एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा दोषी ठहर गरिएको छ।
यस्तै केश सामना गरेको हेनको यो तेश्रो पटक हो। समग्रमा उनी २ वटा केशमा दोषी ठहर भएका छन्।