भिक्टोरियामा फुटबल खेल्दै गर्दा बेहोस भएका १७ वर्षीय खेलाडीको मृत्यु
जेठ १५, मेलबर्न, अष्ट्रेलिया। सेन्ट्रल भिक्टोरियाका १७ वर्षीय फुटबल (रग्बी) खेलाडीको शनिबार खेलको क्रममा बेहोस भएपछि मृत्यु भएको छ। उनको निधनबाट एक स्थानीय फुटबल क्लब विक्षिप्त बनेको छ।
केनेटनको मोलिसन स्ट्रीट फुटबल मैदानमा एक युवा खेलाडी बेहोस भएपछि दिउसो १२ः २० बजे आपतकालीन सेवाहरूलाई खबर गरिएको थियो।
क्यासलमाइनका १७ वर्षीय युवकलाई अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन हुन नसकेको तर शंकास्पद रुपमा हेरिएको प्रहरीले जनाएको छ।
एबिसी न्युजका अनुसार मृतक खेलाडस् क्यासलमेन फुटबल क्लबबाट खेलेका थिए र उनीहरूले शनिबार किनटनसँग प्रतिस्पर्धा गरिरहेका थिए।
उनको मृत्यु पुष्टि भएपछि अर्को स्थानीय क्लबले उनको निधनप्रति समवेदना व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो।
बेन्डिगो फुटबल र नेटबल लिगले क्यासलमेन फुटबल नेटबल क्लबको १८ वर्षमुनिको टोलीका युवा खेलाडी गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ।