के अष्ट्रेलियामा धेरै भूकम्प जान थालेको हो ? यस्तो छ तथ्याङ्क !


जेठ १८, मेलबर्न, अष्ट्रेलिया । आइतबार राति मेलबर्नका बासिन्दा ३.८ म्याग्निच्युडको भूकम्पको धक्काले तर्सिए।

जियोसाइन्स अष्ट्र्रेलियाका अनुसार आइतबार राति ११ः४१ बजे सहरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको सनबरीमा ३ किलोमिटर गहिराइमा भूकम्प गएको हो।

जियोसाइन्स अष्ट्र्रेलियाले उक्त दिन २२ हजार ७५० जनाले भूकम्पको धक्का महसुश गरेको भन्दै रिपोर्ट गरेका थिए। उक्त रिपोर्ट गर्नेहरू उत्तरबाट बेन्डिगो र दक्षिण होबार्टसम्मका थिए।

अष्ट्रेलियामा भूकम्प सामान्य नभए पनि हालैका वर्षहरूमा धेरै पटक भूकम्पले झस्काएको छ। नतिजा स्वरूप अष्ट्रेलियामा भूकम्पहरू धेरै सामान्य हुँदै गएका छन् कि भनेर कसै-कसैले सोचिरहेका हुन सक्छन्।

के भूकम्प अष्ट्रेलियामा सामान्य बन्दै गएको छ?

अष्ट्रेलियामा प्रायः भूकम्पको धक्का महसुस हुँदैन। तर, हालैका वर्षहरूमा धेरै भूकम्पहरू आएका छन्।

२०२१ मा, भिक्टोरियामा ५.८ र ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने सोही वर्ष पश्चिमी अष्ट्रेलियामा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

२०२२ मा पश्चिमी अष्ट्रेलियामा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने यस वर्षको मार्चमा दक्षिण अष्ट्रेलियामा ४.७ म्याग्निच्युडको भूकम्प गयो।

सिस्मोलोजी रिसर्च सेन्टरका प्रमुख वैज्ञानिक एडम पास्केलले एसबीएस न्यूजलाई बताए अनुसार हालैका वर्षहरूमा अष्ट्रेलियामा धेरै पटक भूकम्प आए पनि यसको वृद्धि भने दीर्घकालीन ढाँचाको देखिएको छ।

‘हामीले विगत एक दशकको तुलनामा, विशेषगरी पछिल्ला दुई वर्षमा धेरै जनसङ्ख्या भएका क्षेत्रमा भूकम्पको धक्का महसुस गरेका छौं।’, उनले भने। ‘तर यसलाई भूवैज्ञानिक समय मापनमा हेर्दा यस्ता प्रकारका भूकम्पहरूको लागि सामान्य फिर्ती अवधि भित्र भइरहेका छन्।’

Source : SBS Australia

पास्केलले मेलबर्नमा १०० वर्षमा पहिलो पटक चार म्याग्निच्युडको भूकम्प भए पनि यो सामान्य समयरेखा र भूकम्पको ढाँचाभित्र रहेको दाबी गरेका छन्।

‘हामीले मेलबर्न क्षेत्रमा प्रत्येक १०० वर्षमा ४ म्याग्निच्युडको भूकम्पको आउने अनुमान गरेका छाैँ। अहिले सोही टाइमलाइनमा भूकम्प गएको छ।’ पास्केलले भनेका छन्।

‘दक्षिणपूर्वी अष्ट्रेलियामा प्रायः हरेक हप्ता भूकम्प जान्छ। त्यस क्षेत्रमा सामान्यतया ३० देखि ४० वटा भूकम्प जाने गरेको छ। यद्यपि मानिसहरूले तिनीहरूलाई सधैं याद नगर्न सक्छन्। त्यहाँ सामान्यतया प्रत्येक महिना कम्तिमा एक भूकम्प महसुस गर्न सकिन्छ।’ उनले थपे।

अष्ट्रेलियामा भूकम्प सम्बन्धि सबैभन्दा महत्वपूर्ण घटना १९८८ उत्तरी क्षेत्रमा घटेको थियो। टेनान्ट क्रीकमा ६.२,६.३ र ६.६ म्याग्निच्युडका तीनवटा भूकम्प गएका थिए।

सन् १९८९ मा न्यु साउथ वेल्सको न्युक्यासलमा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १३ जनाको मृत्यु भएको थियो भने ४ बिलियन डलर बराबरको क्षति भएको थियो।

पास्केलले आइतबारको भूकम्पले हामीलाई गम्भीर भूकम्प र सुरक्षित रहन सम्झाउने आशा गरेका छन्। ‘अष्ट्रेलियामा प्रायः भूकम्पहरू आउँदैनन्, त्यसको मतलब यो हो कि हामी तिनीहरूको लागि कम तयार छौं’,उनले भनेका छन्। ‘अष्ट्रेलियाको कुनै पनि भागमा ७.५ म्याग्नीच्युडको भूकम्प जाने सम्भावना देखिएको छ। उक्त भूकम्प खतरनाक हुनेछ।’

‘जनचेतना जगाउने तर क्षति नगर्ने साना घटनाहरू भूकम्प सुरक्षा र पूर्वतयारीका बारेमा मानिसहरूलाई पुन: शिक्षित गर्नका लागि उत्कृष्ट हुन्छन्। तिनीहरूले भूकम्पको घटनामा व्यक्तिहरूले के गर्नुपर्छ भनेर बहुमूल्य रिमाइन्डरको रूपमा सेवा गर्छन्।’ पास्केल पूर्वतयारीबारे भनेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?