हलिउडका लेखकको हड्तालका कारण जेनिफरको सिरिज बन्द
जेठ २०, लसएन्जल्स । राइटर गिल्ड अफ अमेरिकाका सदस्यहरुले गरेको हड्ताल एक महिना पुरा भएको छ। हालसम्म केही खास निश्कर्ष निस्किएको छैन। जसकारण लगातार शोहरुको सुटिङ बन्द भइरहेको छ।
हालसम्म लेखकहरुको हड्तालका कारण ‘डेयर डेबिल बर्न अगेन’, ‘एबट एलिमेन्ट्री’, ‘स्ट्रेन्जर थिंग्स’, ‘सेटरडे नाइट लाइव’ जस्ता कैयौं शोको सुटिङ बन्द भइसकेको छ। हड्तालका कारण पहिला केही शोको सुटिङ प्रभावित भएको थिएन, किनकी उनीहरुले शोको सुटिङका लागि अनुमति लिएका थिए।
शो निर्माताहरुसँग २ मे २०२३ अघि लेखिएको स्क्रिप्ट थियो। तर अहिले सबै शोको सुटिङ बन्द भएको छ, जसमा जेनिफर लोपेजको सिरिज ‘अनस्टपेबल’ पनि छ।
राइटर गिल्ड अफ अमेरिकाका सदस्यहरु र एशोसिएसन अफ मोसन पिक्चर एण्ड टेलिभिजन प्रोड्युसरका सदस्यहरुबीच यो विषयमा कैयौं वार्ता भए पनि हालसम्म ठोस नतिजा निस्किएको छैन। यही बीच वार्नर बद्रर्स टेलिभिजन, युनिभर्सल स्टुडियो ग्रुप, डिज्नी टेलिभिजन स्टुडियोले आफ्नो लेखकहरुलाई इमेल गर्दै स्टुडियोलाई सहयोग नगरे निलम्बन गर्ने चेतावनीयुक्त पत्र पठाएको थियो।
तर यो पत्रले पनि लेखकहरुलाई कुनै असर परेन। उनीहरु आफ्नो मागमा अडिग नै छन्। हरुले फिल्म र टेलिभिजनसँगै ओटीटी प्लेटफर्ममा प्रसारण हुने शोका लागि अधिकतम पैसा दिनुपर्ने माग गरेका छन्।
उनीहरुले ओटीटी प्लेटफर्ममा आफूहरुले जति दबाबपूर्ण काम गरे पनि त्यसको पारिश्रमिक नपाएको आरोप छ। उनीहरुले ओटीटीमा प्रसारण हुने मुनाफाको शेयर दिनुपर्ने माग राखेका छन्। हलिउडका लेखकले २ मे २०२३ बाट प्रभावकारी रुपमा हड्तालको घोषणा गरेका थिए। हड्तालको चार साता बित्दा पनि कुनै समाधानको उपाय निकालिएको छैन।
जसकारण लसएन्जल्समा निर्माण भइरहेका सबै शोको सुटिङ बन्द गरिएका छन्। लेखकहरुले सन् २००७ मा पनि तीन महिनासम्म हड्ताल गरेका थिए। त्यो समयमा लसएन्जल्सको मनोरञ्जन अर्थव्यवस्थामा करिब दुई बिलियन डर नोक्सान भएको थियो।