भिक्टोरियामा भूकम्पको धक्का, एक सातामै तेश्रो पटक हल्लियो मेलबर्न


जेठ २१, मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा एक हप्तामा तेस्रो पटक फेरि भूकम्प गएको छ।

मेलबर्नमा २.४ म्याग्निच्युडको भूकम्प शनिबार दिउँसो १२ बजेपछि मर्निङटन प्रायद्वीप क्षेत्रमा ८ किलोमिटर गहिराइमा गएको रिपोर्ट गरिएको छ।

पछिल्लो सात दिनमा भिक्टोरियामा गएको यो तेस्रो भूकम्प हो। सबैभन्दा ठूलो ३.८ म्याग्निच्युडको भूकम्प सनबरीमा मे २९ मा महसुस गरिएको थियो।

मे ३० मा बोरोनिया नजिकै दोस्रो २.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

पछिल्लो समय अष्ट्रेलिया भूकम्प धेरै गइरहेका छन्। यद्यपी, अहिलेसम्म कुनै भाैतिक तथा मानवीय क्षति भने भएको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?