सिड्नीको सांगितिक महोत्सवमा गीत गाउँदा गाउँदै अमेरिकन गायिका बेहोस भएर ढलिन्


जेठ २१, मेलबर्न, अष्ट्रेलिया । भिभिड सिड्नी फेस्टिभलमा सांगितिक प्रस्तुति दिइरहँदा एक गायियका बेहोस भएकी छिन्।

एथेल केनको नामबाट चर्चित अमेरिकी गायिका हेडेन सिलास एन्हेडोनिया सिड्नी ओपेरा हाउसमा प्रदर्शन गर्दै गर्दा अचानक लडेकी थिइन्। उक्त समयमा उनी ‘ए हाउस इन नेब्रास्का’ गीत गाउँदै रहेको बुझिएको छ।

कन्सर्टमा सहभागीहरूलाई कार्यक्रमको समयमा एन्हेडोनियाको अवस्था स्थिर रहेको अनलाइनमार्फत सूचित गरिएको थियो। २५ वर्षीया गायिकाले बाँकी प्रदर्शन गर्ने कि नगर्ने भन्ने प्रस्ट भइनसकेको जानकारी दिइएको छ।

एन्हेडोनियाले गत आइतबार उनको इन्स्टाग्राम स्टोरीमा भ्रमण र यात्राको मागले उनलाई असर गरेको भन्दै शेयर गरेकी थिइन्। उनले अहिले आराम  महसुस गरिरहेको जानकारी दिएकी छिन्।

अष्ट्रेलियामा भिभिड सिड्नी यो वर्षकै सबैभन्दा ठूलो महोत्सव भएको छ। यो हप्तामात्रै उक्त महोत्सवमा ४ लाख ५३ हजार दर्शक  गइसकेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?