सिड्नीमा किशोर चालकले चलाएको कार दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु


जेठ २४, मेलबर्न, अष्ट्रेलिया। सिड्नीको दक्षिणी क्षेत्रमा एक साइकल यात्रीको दुर्घटनामा परी मृत्यु भएको छ।

मङ्गलबार साँझ करिब ६ बजे हर्स्टभिलको एलिजाबेथ स्ट्रिटमा एउटा ई-बाइक र कार ठोक्किएको थियो। प्यारामेडिकहरू नआउन्जेलसम्म उक्त दुर्घटनाका प्रत्यक्षदर्शीहरूले ५४ वर्षीय व्यक्तिको सीपीआर गरेका थिए।

तर, उनको घटनास्थलमा नै मृत्यु भएको छ।

१७ वर्षीय कार चालकलाई कुनै चोटपटक नलागेनता पनि अनिवार्य परीक्षणको लागि सेन्ट जर्ज अस्पताल लगियो। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

कसैलाई जानकारी भएमा क्राइम स्टपर्सलाई 1800 333 000 मा सम्पर्क गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?