अष्ट्रेलियामा फेरी भूकम्पको धक्का


जेठ २५, मेलबर्न, अष्ट्रेलिया । केर्न्सको तटीय क्षेत्रमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। बुधबार राति १० बजेतिर भूकम्प गएको अष्ट्र्रेलियको सरकारी भूविज्ञान विभागले जानकारी दिएको छ।

उक्त भूकम्प केर्न्सको तटबाट करिब १३० किलोमिटर गएको जानकारी दिइएको छ। अर्थक्वेक लिस्ट अष्ट्रेलियाले यो भूकम्पलाई ‘असामान्य रूपमा शक्तिशाली’ भनेर वर्णन गरेको छ।

भूकम्पले केही सेकेन्ड हल्लाएको उक्त क्षेत्रका बासिन्दाहरूले रिपोर्ट गरेका छन्।

यसैबीच, बिहीबार बिहान २ बजेतिर उत्तरी एनएसडब्ल्यूको ग्राफ्टनमा ३.१ म्याग्निच्युडको भूकम्प गएको रिपोर्ट गरिएको छ। उक्त भूकम्पबाट कुनै क्षति भएको रिपोर्ट भने अहिलेसम्म गरिएको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?