एडिलेडबाट बालीका लागि उडेको जहाज २ घण्टा आकाशमा फन्को लगाएर एडिलेड नै फर्किएपछि…
जेठ २५, मेलबर्न, अष्ट्रेलिया । भर्जिन अष्ट्रेलियाको बाली जाने उडान टेक-अफ लगत्तै फर्किएपछि उक्त फ्लाइटका यात्रुहरू क्रुद्ध बनेका छन्।
भर्जिन अष्ट्रेलियाको फ्लाइट VA113 डेनपसारका लागि मंगलबार निर्धारित समय ६ः ५० बजे नै एडिलेड एयरपोर्टबाट उडेको थियो। तर, उडानको करीब एक घण्टामा नै प्राविधिक समस्या देखिएपछि जहाफ फिर्ता हुन बाध्य भयो।
विमानको हाइड्रोलिकमा समस्या भएको यात्रुहरूलाई जानकारी गराइएको थियो। विमानले घण्टासम्म हावामा चक्कर लगाएपछि अन्ततः एडिलेड नै फर्कियो।
त्यसपछि राति १०.५५ बजेपछि विमान एडिलेड विमानस्थलमा सुरक्षित अवतरण भएको थियो।
विमानमा सवार एक यात्रुले जहाज सुरक्षित अवतरण हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन्। उनले विमान उडानको दाैरान डरको सामना गरेको बताए।
जहाजमा रहेका यात्रुलाई अर्को विमान त्यही रात बाली लैजानका लागि तयार छ भन्ने जानकारी गराइएको उनीहरूले बताएका छन्। तर, विमान एडिलेड एयरपोर्टमा अवतरण हुँदा उक्त जानकारी परिवर्तन भइसकेको थियो।
केही यात्रुहरू भने एयरलायन्सले अर्को उडानको तयारी गर्न नसक्दा पुरा छुट्टि नै रद्द गर्नुपरेको भन्दै निराश तथा आक्रोशित भएका छन्।
एडिलेड दम्पती रिकी र मिशेलले उनीहरू २० वर्षमा पहिलो पटक विदेशमा छुट्टी मनाउन लागेका थिए। तर, उनीहरू सवार विमान केही घण्टामा नै अष्ट्रेलिया फर्किन बाध्य हुँदा उनीहरूको योजना सफल नहुने चिन्ता बढेको छ।
यद्यपी, एयरलायन्सले भने सबै भन्दा पहिले उपलब्ध हुने उडानबाट उनीहरूलाई बाली लैजानेगरी पुनः तालिका बनाएको दाबी गरेको छ। उनीमध्ये अधिकांश २४ घण्टाभित्र नै उड्ने पनि बताइएको छ।
एयरलाइन्सले प्रभावित यात्रुहरूलाई ट्राभल क्रेडिट वा पूर्ण शुल्क फिर्ता दिने समेत बताएको छ।