सिड्नीको घरमा एक जनाको शव फेला, २० वर्षभन्दा कम उमेरका तीन जनामाथि लाग्यो अभियोग


जेठ ३०, मेलबर्न, अष्ट्रेलिया । सिड्नीको पश्चिममा रहेको एक घरमा राति एक व्यक्तिको हत्या गरेको आरोपमा तीन किशोरमाथि अभियोग लगाइएको छ।

शनिबार राति १०.३० बजे एल्सवर्थ ड्राइभको ट्रेगियर घरको शयनकक्षमा एक व्यक्ति अचेत अवस्थामा फेला परेका थिए।

घरमा भएको झगडाका क्रममा ३२ वर्षीय युवक घाइते भएको बुझिएको छ । तर, उनको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन।

घटनास्थलमा पुगेका प्यारामेडिकहरूको टोलीले उनलाई बचाउनका लागि प्राथमिक उपचार गरेपछि उनको मृत्यु भएको थियो।

प्रहरीले यस घटनामा संलग्न भएको अभियोगमा अनुसन्धान गर्नका लागि तीन जना किशोरकिशोरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ र १९ वर्षका दुइ किशोर र १६ वर्षकी किशोरी रहेका छन्।

प्रहरीले अहिले माउन्ट ड्रुइट पुलिस स्टेशनको हिरासत कक्षमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले १८ वर्षीय किशोरमाथि हत्याको अभियोग लगाएको छ। त्यस्तै, १९ वर्षका किशोर र १६ वर्षीय किशोरीमाथि शरीरमा क्षति पुर्याउने आक्रमण र घरेलु हिंसाको अभियोग लगाएको छ।

उनीहरूलाई आइबार उदालतमा उपस्थित गराइने बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?