डुङ्गा दुर्घटना हुँदा भिक्टोरियामा एक जनाको मृत्यु
जेठ ३०, मेलबर्न, अष्ट्रेलिया। भिक्टोरियाको पोर्टार्लिङ्गटनको तटमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार मध्याह्न करिब एक किलोमिटर दुरीमा डुंगामा माछा मार्न गएका दुई जना पुरुष पानीमा खसेको प्रहरीले जनाएको छ। त्यसमध्ये एक जनाको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पोर्टार्लिङ्गटन तट प्रहरीले अनुसन्धान पुरा नगर्ने बेलासम्मका लागि बन्द गरिएको जानकारी दिइएको छ।