अष्ट्रेलियामा एक महिलाले भेट्टाइन् ७ हजार डलर भन्दा बढी मूल्य पर्ने सुनको टुक्रा
जेठ ३१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा एक महिलाले ७ हजार डलर बजारमूल्य बराबरको सुनको टुक्रा भेट्टाएकी छिन्। मेटल डिटेक्टर लिएर निस्किएकी महिलाले उक्त परिमाणको सुन फेला पारेकी हुन्।
डिस्कभरी च्यानल शो ‘गोल्ड रश’ मा अभिनय गर्ने र आफूलाई “व्यावसायिक सुन खन्ने व्यक्ति” भनेर चिनाउन मन पराउने २५ वर्षीय टायलर महोनी पश्चिमी अस्ट्रेलियामा बसोबास गर्ने चौथो पुस्ताका प्रख्यात खनिज खोज्ने व्यक्ति हुन्।
उनले अष्ट्रेलियामा धेरै सुनको खानी भएको ठाउँ कलगुर्ली नजिकै आफ्नो परिवारको खानीको जग्गामा एउटा ठूलो चम्किलो सुनको टुक्रा भेट्टाइन्। सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छिन्।
‘भँइमा नै ६००० डलर छ, कसैले देख्नु भएको छ। ?’ उनले अहिले भाइरल भइरहेको टिकटक भिडियोमा भनेकी छिन्। उनले उक्त भिडियो बनाएपछि उक्त सुनको मूल्य बढेको र केही महँगो रकममा बेचेको जानकारी दिएकी छिन्।
मेलबर्न गोल्ड कम्पनीका अनुसार अहिले सुनको मूल्य प्रति औंस (२८.३४ ग्राम) २ हजार ९३६ डलर रहेको छ।
अष्ट्रेलियामा सुनको टुक्रा भेट्टिएका खबरहरू बेलाबखतमा आइरहेका हुन्छन्। यस भन्दा अघि भिक्टोरियामा एक व्यक्तिले २ लाख ५० हजार डलर मूल्य पर्ने सुनको डल्ला फेला पारेका थिए।