१००० भन्दा बढी कर्मचारीलाई कम तलब दिएको आरबीएको स्वीकार
जेठ ३२, मेलबर्न, अष्ट्रेलिया। रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले १००० भन्दा बढी वर्तमान र पूर्व कर्मचारीहरूलाई कम तलब दिएको स्वीकार गरेको छ।
बैंकले लेखापरीक्षण फर्म प्राइसवाटरहाउस कूपर्ससँग गरेको समीक्षामा ११७३ कर्मचारीले सामूहिक रूपमा १.१५ मिलियन डलर तिर्न बाँकी रहेको पाइएको छ।
पूर्व कर्मचारीहरूको लागि समाप्ति लाभहरू गलत रूपमा गणना गरिएका कारण धेरै कम भुक्तानहरू भएको आरबीएले बताएको छ।
आरबीएका प्रवक्ताले बैंक प्रभावित कामदारहरूलाई भुक्तानी गर्ने प्रक्रियामा रहेको र सम्बन्धित एम्बुड्सम्यान र युनियनलाई जानकारी गराएको बताए।
कति कामदारहरू प्रभावित भए र उनीहरूलाई कति बक्यौता थियो भनेर बैंकले एक अध्ययन गरेको थियो। बैंकले कम तलब पाएका कर्मचारीहरूसँग माफी मागेको अष्ट्रेलियन फाइनान्सियल रिभ्युले रिपोर्ट गरेको छ।
व्यवसायहरूले आफ्ना कामदारहरूलाई कम पारिश्रमिकको लागि माफी मागेको बीचमा यो घटना बाहिर आएको हो।
यसै महिना विशाख खनिज खानी कम्पनी बीएचपीले २८ हजार भन्दा बढी कर्मचारीहरूलाई ४३० मिलियन डलर कम भुक्तानी गरेको स्वीकार गरेको थियो। त्यसैगरी, कोल्सले पनि कर्मचारीहरूलाई २५ मिलियन डलर कम भुक्तानी गरेको स्वीकार गरेको थियो।