वेस्टर्न अष्ट्रेलियामा भूकम्पको धक्का


जेठ ३२, मेलबर्न, अष्ट्रेलिया । वेस्टर्न अष्ट्रेलियामा भूकम्प गएको छ। बुधबार राति वेस्टर्न अष्ट्रेलियाको एक सामुद्रिक तटमा ३ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको हो।

जियोसाइन्स अष्ट्रेलियाका अनुसार बेलुका ८.४० बजे ब्रूममा भूकम्प गएको थियो। उक्त भूकम्पको गहिराइ ४ किलोमिटर रेकर्ड गरिएको थियो।

भूकम्पबाट हालसम्म कुनै चोटपटक वा क्षतिको रिपोर्ट गरिएको छैन।

अष्ट्रृलियामा पछिल्लो १५ दिनमा कैयाैँ पटक भूकम्पहरू गइसकेका छन्। त्यसमध्ये अधिकांश भने भिक्टोरियामा गएका छन्।

मे २८ मा ३.८ म्याग्निच्युडको भूकम्प गएपछि राज्यका विभिन्न भागमा दुई वटा पराकम्पन गएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?