न्यु साउथ वेल्सबाट एक साताभन्दा बढीदेखि १० वर्षीया बालिका बेपत्ता


असार १, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा एक बालिका एक हप्ताभन्दा बढीदेखि सम्पर्कविहीन भएकी छिन्। एल्बरी, न्यु साउथ वेल्समा बेपत्ता भएकी एक बालिकाको प्रहरीहरूले द्रूत रूपमा खोजी गरिरहेका छन्।

१० वर्षीया ब्रेना होर्स्टनलाई अन्तिम पटक बुधवार, जुन ७ मा पार्नेल सेन्ट, लभिङ्टनमा देखिएको थियो। त्यसपछि उनि सम्पर्कविहीन छिन्।

तर, उनी हराएको करीब १ हप्तापछि अर्थात् जुन १२ तारिखमा मात्रै प्रहरीलाई उनी बेपत्ता भएकोबारे जानकारी दिइएको थियो।

उनको परिवार र प्रहरी उनको उमेरका कारण उनको सुरक्षाका लागि चिन्ता व्यक्त गरिरहेका छन्।

ती बालिका रातो कपाल र नीलो आँखा भएकी, पातलो शरीर तथा कोकेशियन वर्णको भएको बताइएको छ।

उनीबारे कसैलाई जानकारी भएमा प्रहरी वा क्राइम स्टपरलाई 1800 333 000 मा फोन गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?