अन्तर्राष्ट्रिय विद्यार्थी सम्बन्धि नियममा व्यापक परिवर्तन गर्ने अष्ट्रेलियाको तयारी


जेठ ४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षाको नियममा परिवर्तन गर्ने भएको छ। द पाइ न्युजले गरेको रिपोर्ट अनुसार सरकारले बेइमान एजेन्टहरूले गैर-वास्तविक विद्यार्थीहरूलाई पाठ्यक्रमहरू परिवर्तन गर्नबाट रोक्न यस वर्ष महत्त्वपूर्ण उपायहरू ल्याउने योजना बनाएको छ।

आगामी माइग्रेसन समीक्षालाई मध्यनजर गर्दै विद्यार्थी सम्झौता र इएसओएस राष्ट्रिय संहितामा प्रस्तावित परिवर्तनहरूको समेत तयारी भइरहको रिपोर्ट गरिएको छ।

शिक्षा विभागको अन्तर्राष्ट्रिय डिभिजनमा अन्तर्राष्ट्रिय गुणस्तर शाखाका कार्यवाहक सहायक सचिव, एलिसन क्लियरीले यो हप्ता एक कार्यक्रममा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सन्दर्भमा विचार गरिरहेको संशोधनको रूपरेखा प्रस्तुत गरेकी छन्।

शिक्षा अधिकारीहरूले विद्यार्थी भिसा, संस्था जडान र अंग्रेजी प्रवीणताका मुद्दाहरूमा छलफल गरिरहेका छन्। अधिकारीहरूले एजेन्टको व्यवहारको अनुगमन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सम्झौताहरू परिवर्तनको बारेमा समेत विचार गरिरहेको बताइएको छ।

अहिलेको अवस्थामा यसबारे केही निर्णय नभएता पनि सरकारले छलफल भने गरेको पुष्टि भएको छ। यसै वर्षमा सरकारले यस क्षेत्रमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

‘शिक्षा एजेन्टहरूले कहिलेकाहीं अनैतिक रूपमा कार्य गर्न सक्छन्। उनीहरूले विद्यार्थीहरूको सर्वोत्तम हितलाई प्राथमिकतामा नराख्न सक्छन्। हामी यस विषयमा अत्यन्तै सचेत छाैँ।’ क्लियरीले भनिन्।

मानव बेचबिखनका लागि भर्ना सहजीकरणको नाम दिनु अत्यन्त पीडादायी भएको उनले बताइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?