अष्ट्रेलियामा खेल्ने क्रममा मैदानमा घाइते भएका रग्बी खेलाडीको उपचारका क्रममा निधन


असार ५, मेलबर्न, अष्ट्रेलिया । रग्बी खेल्दै गर्दा घाइते भएका खेलाडीको निधन भएको छ।

गत हप्ता पोर्ट स्टीफन्समा खेल्दै गर्दा ट्याकलका कारण घाइते भएका युवा खेलाडीको न्यूक्यासलको जोन हन्टर अस्पतालमा निधन भएको हो।

न्यु साउथ वेल्स रग्बी लिग (एनएसडब्लुआरएल)का प्रवक्ताले दिएको जानकारी अनुसार उनको उपचारका क्रममा आइतबार निधन भएको हो।

एक प्रवक्ताले भने, “एनएसडब्लुआरएल एबरग्लासलिन एन्ट्स खेलाडीको परिवारमा गहिरो सहानुभूति व्यक्त गर्दछ जसको आइतबार दिउँसो दुखद निधन भयो।”

प्रवक्ताले उनको परिवार, टोलीका साथीहरू र स्थानीय रग्बी लिग समुदायलाई उनीहरूलाई आवश्यक पर्ने पूर्ण समर्थन एनएसडब्लुआरएलले सुनिश्चित गर्ने बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?