रेलसँग ट्रक कोक्किँदा अष्ट्रेलियामा एक जनाको मृत्यु


असार ६, मेलबर्न, अष्ट्रेलिया । वेस्टर्न अष्ट्रेलियामा रेलसँग गाडी ठोक्किँदा चालकको मृत्यु भएको छ। गोल्डफिल्ड्स-एस्पेरेन्स क्षेत्रमा भएको उक्त दुर्घटनामा ३३ वर्षीय चालकको मृत्यु भएको हो।

मंगलबार बिहान करिब ५ः१० बजे विग्गीमुल्थास्थित गोल्डफिल्ड्स ह्वी र कूलगार्डी-एस्पेरेन्स ह्वाइको चौराहेमा दुईवटा ट्रेलर सहितको हिनो ट्रे-ब्याक ट्रक एक आपसमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।

४७ वर्षीय रेल चालक भने सकुशल रहेका छन्।

प्रमुख दुर्घटना महाशाखाका अधिकारीहरूले दुर्घटना भएको देख्ने वा घटनामा क्षति भएका कुनै सवारी साधनको जानकारी वा फुटेज भएमा बुझाउनका लागि अनुरोध गरेका छन्।

दुर्घटना भएको ठाउँ पर्थबाट करीब ६३० किलोमिटरको दुरीमा रहेको छ। २०२१ को डाटा अनुसार उक्त क्षेत्रमा जम्मा २८ परिवार बसोबास गर्दछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?