स्कुटरबाट खसेर सिड्नीको रेल स्टेशनमा एक जनाको मृत्यु
असार ७, मेलबर्न, अष्ट्रेलिया । सिड्नीको ट्रेन स्टेशनमा एक जनाको मृत्यु भएको छ। स्कुटरबाट सेन्ट्रल रेल्वे स्टेशनको ट्र्याकमा खसेका व्यक्तिको बुधबार मृत्यु भएको हो।
न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी ३० वर्षका पुरूष दिउँसो २ः ३० बजे ट्र्याकमा खसेका थिए।
घटनाको समयमा रेल प्लेटफर्ममा वा नजिकै थिएन र रेल सेवाहरू तुरुन्तै रोकिएको थियो,” प्रहरीले जानकारी दिएको छ।
ती व्यक्तिलाई रोयल प्रिन्स अल्फ्रेड अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उनको ज्यान भने बचाउन सकिएन।
प्रहरीले यस विषयमा अनुसन्धान सुरू गरेको जानकारी दिएको छ।