नेपाल पराजित


असार ७, काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ। वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै बनाउन सक्यो।

यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो।

वेस्ट इन्डिजका कप्तान साइ होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन्र। त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन। चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे। यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए। वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए भने गुलशन झाले ४२, आशिफ शेख र करन केसीले समान २८ रन बनाए। साथै दीपेन्द्र ऐरीले २३ रन बनाउन सके भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। वेस्ट इन्डिजका लागि जोसन होल्डरले तीन विकेट लिए भने अल्जारी जोसेफ, किमो पउल, अकेइल होसेइनले समान २र२ विकेट र काइले मायर्सले एक विकेट लिए।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो।

आजै भएको समूह चरणको अर्को खेलमा नेदरल्याण्ड्सविरूद्ध अमेरिकाले पाँच विकेटको जित निकालेको छ। अमेरिकाले दिएको २११ रनको लक्ष्य नेदरल्याण्ड्सले ४३ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्याे।

जितसँगै नेदरल्याण्ड्स समूह तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल चौथो स्थानमा झरेको छ। नेपालको अर्को खेल शनिबार नेदरल्याण्ड्सविरुद्ध हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?