मेलबर्नको यार्रा नदीमा एक जनाको शव फेला
असार ११, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको यार्रा नदीको एक जनाको शव फेला परेको छ। शनिबार पैदलयात्रीले नदीमा तैरिइरहेको शव देखेपछि आपतकालीन सेवाहरूलाई खबर गरेका थिए।
साउथबैंक बुलेभार्ड नजिकै साँझ ७.३० बजे शव फेला परेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक अवस्था र कारण भने खुल्न बाँकी रहेको जानकारी दिइएको छ।
शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ।