शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ


असार १२, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोपमा शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ।

उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालकविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?