अष्ट्रेलियाको संसद नजिकै रूसले दूतावासको भवन बनाउन नपाउने अदालतको आदेश
असार १३, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको सर्वोच्च अदालतले रुसले राजधानी क्यानबेरामा बनाउन लागेको दूतावास निर्माण गर्ने योजना रोक्न निर्देशन दिएको छ।
जुन मध्यमा सरकारले राष्ट्रिय सुरक्षा कारणहरूका लागि रसियाको करार सम्झाैता खारेज गरेको थियो। उक्त समयमा सरकारको यो कदमले अदालतको चुनौती आदेशमा चुनाैति दिएको बताइएको थियो।
क्यानबेरामा रहेको अष्ट्रेलियाको संसद भवनबाट ४०० मिटरमात्रै टाढा रूसले दूतावास बनाउन लागेपछि विज्ञहरूले दूतावासले जासुसी जोखिम खडा गरेको बताएका थिए।
निर्माणस्थलमा बसिरहेका एक रूसी अधिकारी अदालतको निर्णणपछि उक्त स्थलबाट बाहिरिएको बताइएको छ।
अहिलेको रूसी दूतावास क्यानबेरामा संघीय संसद भवनबाट केही टाढा छ।
मस्कोले २००८ मा नयाँ भवन निर्माणका लागि उक्त जमिन करारमा लिएको थियो। त्यस्तै २०११ मा त्यहाँ दूतावास निर्माण गर्न स्वीकृति दिइएको थियो।
तर, यस वर्षको जुन १५ मा अष्ट्रेलियाको संसदले रूससँगको उक्त करार सम्झाैता खारेज गर्नेगरी नयाँ कानून पारित गरेको थियो।