२००५ मा न्युजिल्याण्डबाट ल्याइएको जिराफको पर्थको चिडियाखानामा मृत्यु
असार १४, मेलबर्न, अष्ट्रेलिया । पर्थको चिडियाखानामा एउटा जिराफ मरेको छ। चिडियाखानामा सबैभन्दा मन पराइएको जिराफ मरेपछि चिडियाखाना परिवार स्तब्ध बनेको छ।
मंगलबार बिहान जनावरको अन्तिम क्षण शान्तिपूर्ण र सम्मानजनक भएको चिडियाखानाकर्मीहरूले बताएका छन्।
२००५ मा न्यूजील्याण्डबाट एक युवाको रूपमा पश्चिमी अष्ट्रेलिया आइपुगेपछि अरमानीले क्षेत्रीय प्रजनन कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेलेको थियो। उक्त चिडियाखानामा अरमानीका सात सन्तान रहेको बताइएको छ।
पर्थ चिडियाखानाका अनुसार अरमानी सबैसँग मैत्रीपूर्ण व्यवहार गर्ने भएका कारण सबैको प्यारो थियो। सन् २००५ मा पर्थ ल्याइएको अरमानी २० वर्षको उमेरमा मरेको हो।