कार बोक्ने जहाजका २ वटा भ्यानमा लुकाएर अष्ट्रेलिया ल्याइएको ३३ लाख डलर बराबरको लागूऔषध बरामद


असार १९, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियामा ठूलो मात्रामा कार बोक्ने जहाजमा ल्याइएका दुईवटा नयाँ भ्यानमा ८० किलोभन्दा बढी केटामाइन लुकाएर राखिएको भेटिएपछि दुईजनालाई मुद्दा चलाइएको छ।

अधिकारीहरूलाई एक आपराधिक सिन्डिकेटले जहाजमा आयात गरिएका नयाँ कारहरूमा लुकाएर अष्ट्रेलियामा लागूऔषध पठाएको सुराकीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको अष्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले जानकारी दिएको छ।

अफिसरहरूले मेलबर्नमा मे १५ मा आइपुगेको एउटा जहाज फेला पारेका थिए। जसमा अवैध ड्रगहरू भएको कारहरू ओसारपसार गरिरहेको सुचना प्रहरीले पाएको थियो।

प्रहरीले उक्त भ्यानबाट ७९ थान प्लास्टिकका झोला बरामद गरेको थियो। सोही झोलामा ८४ किलो केटमाइन पाइएको प्रहरीले जानकारी दिएको छ। उक्त केटमाइनको बजार मूल्य ३३ लाख ६० हजार डलर भएको अनुमान गरिएको छ।

अधिकारीहरूले भ्यानहरूको अनुगमन गरिरहेका थिए। उनीहरूले ती मध्ये एउटा भ्यान सिड्नीको डिलरमा लगेपछि चोरीको भएको अनुमान गरेका छन्।

पक्राउ परेका पुरुषहरूले केटामाइन भएको विश्वास गरिएको प्याकेजहरू हटाए र भ्यान छोड्नु अघि अर्को कारमा राखेका थिए। त्यसपछि पुरुषहरूले कथित रूपमा प्याकेजहरू येनोराको सडकमा लगेका थिए। सो भ्यान उक्त ठाउँमा २ दिनसम्म त्यतिकै रहेको बताइएको छ।

प्रहरी अधिकारी वाटले लागूऔषधको स्रोत विदेशमा रहेको र ठेगाना र जहाजमा कहिले राखिएको थियो भन्ने बारे अनुसन्धान जारी राखेको जानकारी दिएका छन्।

बल्क कार बोक्ने जहाजहरूले ८००० वटा सम्म कारहरू बोक्न सक्छन्।

अष्ट्रेलियन सीमा बलका कार्यवाहक कमाण्डर मल निम्मोले यस्तो खालको लागुऔषध आयात विधि सामान्य नभएको बताएका छन्।

अष्ट्रेलियाली सीमा बलका कार्यवाहक कमाण्डर मल निम्मोले यो कथित औषधि आयात विधि सामान्य नभएको तर अधिकारीहरूले यो पहिलो पटक देखेको भने होइन। उनले यस्ता कानून विपरीत काम गर्ने व्यक्तिहरू अष्ट्रेलियन प्रहरीबाट भाग्न नसक्ने बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?