अष्ट्रेलियाको विमानस्थलमा प्राविधिक समस्या देखिँदा उडानहरू प्रभावित


असार २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका विमानस्थलमा सिस्टममा समस्या देखिँदा उडानहरू प्रभावित भएका छन्।

बिहीबार बोर्डर फोर्सले एडभान्स्ड प्यासेन्जर प्रोसेसिङ (एपिपी) सिस्टममा समस्या देखिँदा देशभरका एयरपोर्टका उडानहरू प्रभावित भएको जानकारी दिएको छ।

सिस्टममा समस्या देखिएपछि विमानहरू एक घण्टासम्म डिले भएका थिए। प्राविधिकहरूले केही समयको प्रयासपछि सिस्टम सामान्य बनाउँदा उडानहरू नियमित भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?