अष्ट्रेलिया घुम्न आएकी बेल्जियन नागरिक १५ दिनदेखि बेपत्ता


असार २२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया घुम्न आएकी बेल्जियन नागरिक सम्पर्क बिहीन भएकी छन्। करीब १५ दिनअघि तास्मानियामा अन्तिम पटक देखिएपछि खोजी सुरू गरिएकी महिलासँग अहिलेसम्म सम्पर्क हुन नसकेको हो।

३१ वर्षीया सेलिन क्रेमर जुन १७ मा क्र्याडल माउन्टेन नजिकैको फिलोसोफर फल्स क्षेत्रबाट बेपत्ता भएकी थिइन्।

उनको कार फल्स कारपार्कमा जुन २० मा फेला परेको थियो। त्यही समयमा उनको फोनबाट अन्तिम सिग्नल प्रहरीले यस क्षेत्रमा कनेक्ट गरेको थियो।

ग्राउण्ड क्रू, पुलिस ड्रोन र हेलिकप्टर, विशेषज्ञ खोज र उद्धार र्यापलिंग समावेश गरिएको विस्तृत खोजी बावजुद उनको कुनै पत्तो लागेको छैन। प्रहरीले मंगलबार झरना लगायतका क्षेत्रमा खोजी गरेको थियो।

स्वास्थ्य विज्ञहरूले पानीमा परेको भएमा अहिलेको अवस्थासम्म उनी जिवित हुन नसक्ने बताएका छन्।

वारटाहमा रहेको फिलोसोफर फल्स पैदल मार्ग सर्वसाधारणका लागि बन्द गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?