सिड्नीमा प्रहरीले चलायो गोली, भाग्ने प्रयास गरेका २१ वर्षीय कारचालक पक्राउ


असार २८, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा प्रहरीले चलाएको एक अपरेशनमा गोली चलेको छ। प्रहरीले उच्च सतर्कतामा साथ सिड्नीको पश्चिमी क्षेत्रमा चलाएको अपरेशनमा एक कारमा प्रहरीले गोली चलाएको हो।

उक्त अपरेशनको दाैरान प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ।

बिहीबार बिहान करिब ९ः३० बजे लालोर पार्कमा सुरु भएको अपरेशन बिहान ११ः४० बजे ब्लू माउन्टेन्सबाट एक व्यक्तिलाई पक्राउ गरेर टुंगिएको प्रहरीले जनाएको छ ।

“ट्याक्टिकल अपरेसन युनिटका विशेषज्ञ अपरेटिभहरूले वुडल्याण्ड्स आरडी नजिकैको ग्रेट वेस्टर्न ह्वी, काटोम्बामा उच्च जोखिममा रहेको सवारी साधन रोकेर चेकजाँच गरेका थिए,” प्रहरीले भनेको छ।

गिब्बन र ओल्ड विन्डसर रोडमा पुगेको कालो होल्डन कमोडोरलाई अधिकारीहरूले बिहान १० : ४० बजे रोक्ने प्रयास गरेका थिए। तर, चालकले गति बढाएर भाग्न खोज्दा प्रहरीले गोली चलाएको जानकारी दिएको छ ।

प्रहरीले भाग्ने प्रयास गरेका उक्त कारका चालक २१ वर्षीय व्यक्तिलाई तत्काल पक्राउ गरेको जानकारी दिइएको छ। ती व्यक्तिलाई काटोम्बा अस्पताल पुर्‍याउनु अघि प्यारामेडिकहरूले घटनास्थलमा उपचार गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?