सुन तस्करी प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति
साउन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन बरामद भएपछि त्यसको छानबिनका लागि भन्सार विभागले समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको हो।
एअरपोर्ट भन्सारबाट जाँचपास भएको सो सुन सिनामंगलमा ट्याक्सीबाट जफत भएको थियो। छानबिन समितिले काम सुरु गरिसकेको र सो समितिले जाँचपासको कस्को संलग्नता र जिम्मेवारीमा को थिए भने छानबिन गर्ने विभागले जनाएको छ।
समितिले विमानस्थलको सिसिटिभी फुटेज हेर्ने, अन्य कर्मचारीसँग साृेधपुछ गर्नेसमेत काम गर्नेछ।
मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ ल्याइएको भनेर स्टिकर टाँसिएको थियो । एअरपोर्टबाट एक सय ५४ केजीको मोटरसाइकलको ‘ब्रेक सु’ भनिएको त्यो लगेज सहजै बाहिर निक्लियो।
त्यसलाई पछ्यायो राजस्व अनुसन्धान विभागको टोलीले। अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पु¥याइएको त्यो लगेज ट्याक्सीमा हाल्दाहाल्दै बरामद गरियो। अनि अनुसन्धान गर्दै हेरियो र भेटियो ठूलो मात्रामा सुन।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए। विभागले मंगलबार नै सुन बरामद गरेको भए पनि योबारे बाहिर सार्वजनिक भने बुधबार साँझ मात्रै भयो।
विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।