सिड्नीमा गोलाबारी, एक महिला र २ पुरूष घाइते
साउन ८, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा गोलाबारी भएको छ। सिड्नीमा गोली चलेर तीन जना घाइते भएपछि प्रहरीले जवाफी कारबाही गरेको बताइएको छ।
यस घटनामा दुई पुरुष र एक महिला घाइते भएका छन्। उनीहरू दुई अलग कारमा बसिरहेको अवस्थामा २ः १५ बजेको समयमा ग्रीनक्रेको मेभिक स्ट्रिटमा आक्रमण गरिएको प्रहरीले जानकारी दिएको छ।
सुपरिटेन्डेन्ट साइमन ग्लासरले कम्तिमा एक बन्दुकधारी घटनास्थलबाट भाग्नु अघि दुबै गाडीमा धेरै गोली चलाइएको बताए।
“अनुसन्धान प्रारम्भिक अवस्थामा छ, तर हामी विश्वास गर्छौं कि यो लक्षित आक्रमण हो।” उनले भनेका छन्।
तीनै जनालाई अस्पताल पुर्याउनु अघि प्यारामेडिकहरूले प्राथमिक उपचार गरेका थिए। घाइतेहरू २५ र २२ वर्षीय पुरूष र १९ वर्षीया किशोरी रहेका छन्।
महिलाको अवस्था स्थिर रहेको छ भने दुई पुरुषको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिसले यो गोलाबारी रीजेन्ट्स पार्कको एमी स्ट्रिटमा भएको कारमा आगलागीको घटनासँग सम्बन्धित छ कि छैन भनेर पनि अनुसन्धान गरिरहेको छ। जुन प्रारम्भिक घटनाको पाँच मिनेट पछि रिपोर्ट गरिएको थियो।
सिड्नीमा एकै महिनाको अन्तरालमा भएको यो दोश्रो गोलबारी हो। यसभन्दा अघि एक सैलुनमा गोली चल्दा २ जना घाइते भएका थिए।