जापानमा अष्ट्रेलियाकी पाैडी खेलाडी मोली ओ’कालाघनले कायम गरिन् नयाँ विश्व रेकर्ड
साउन १२, मेलबर्न, अष्ट्रेलिया । मोली ओ’कालाघनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा एरियार्न टिटमसलाई पछि पार्दै महिला २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान कायम गरेकी छन्।
टिटमसले प्रतिस्पर्धाको धेरै समय अग्रता गरिरहेकी थिइन्। तर, १९ वर्षीया ओ’कालाघनले फाइनल ल्यापमा अविश्वसनीय प्रदर्शन गरेपछि विश्व रेकर्ड कायम गर्न सफल भएकी हुन्।
२०० मिटर फ्रिस्टाइलमा सन् २००९ मा फेडेरिका पेलेग्रिनीले रेकर्ड राखेकी थिइन्। तर, ओ’कालाघनले १ मिनेट ५२ सेकेन्ड ८५ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन्।
दोश्रो स्थान बनाएकी टिटमसले १ मिनेट ५२ सेकेन्ट ०१ मिलिसेकेन्डमा उक्त दुरी पार गर्दा १ मिनेट ५३ सेकेन्ड ६५ मिलिसेकेन्ड सहित क्यानेडियन समर म्याकइन्टोस तेश्रो भइन्।
विश्व रेकर्ड कायम गरेपछि ओ’कालाघनले उत्साहित भएको प्रतिक्रिया दिएकी छिन्। उनलाई डिन बोक्सलले प्रशिक्षण गरिरहेका छन्।