सिड्नीमा ६ जना बालबालिका बोकेको बस पल्टियो
साउन १९, मेलबर्न, अष्ट्रेलिया । सिड्नीको पश्चिममा ६ जना बालबालिका बोकेको बस दुर्घटना भएको छ। उक्त बस अर्को कारसँग ठोक्किएपछि पल्टिएको हो।
रिचमण्डको विन्डसर सेन्ट र डब्ल्यू मार्केट सेन्टमा दिउँसो ३ः २० बजे प्यारामेडिकहरूलाई घटनास्थलमा बोलाइएको थियो।
सो स्थानमा ६ देखि १० वर्षका बीचका छ जना बालबालिकालाई प्यारामेडिकहरूले जाँच गरेका थिए। बसमा सवार सबै बालबालिका बिना सहयोग आफै बसबाट बाहिर निस्कन सफल भएका थिए।
दुर्घटनामा केही बालबालिकालाई सामान्य चोट लागेको बताइएको छ।
महिला चालकलाई अब्जर्भेसन र अनिवार्य परीक्षणका लागि नेपियन अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ।