युवाहरूको आपराधिक क्रियाकलाप रोक्न कडा कानून बनाउन माग गर्दै भिक्टोरियामा हस्ताक्षर सङ्कलन


Photo Credit : 7 News

साउन २०, मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाको टार्निट क्षेत्रमा आपराधिक घटनाहरू बढ्दै गएपछि उक्त क्रम रोक्न माग गर्दै हस्ताक्षर संकलन सुरू गरिएको छ।

पछिल्लो समय भिक्टोरियाका युवाहरू आपराधिक क्रियाकलाप गर्ने र पीडित हुने संख्या नै बढ्दै गएपछि संसदको विधायिका परिषद्ले डिजिटल हस्ताक्षर संकलन सुरू गरेको हो।

उक्त हस्ताक्षर संकलन विवरणमा भिक्टोरिया राज्यका नागरिकहरूले टार्निटका बासिन्दाहरू यस क्षेत्रमा बढ्दो अपराधबाट अत्यधिक चिन्तित भएको परिषदको ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ।

सोही विवरणमा केही दिनअघि नेपाली किशोर रियान सिंहमाथि मेलबर्नमा एक समूहले गरेको चक्कु प्रहारको घटना पनि समावेश गरिएको छ। जन्मदिन मनाइरहेका रियानमाथि अज्ञात समूहले चक्कु प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। अहिले उनको उपचार भइरहेको छ।

भिक्टोरियामा नरम कानून भएका कारण अपराधीहरू कानूनसँग नडराउने प्रवृत्ति बढ्दै गएका कारण कडा कानून बढाउन माग गरिएको छ।

‘निवेदकहरूले युवा अपराधीहरूलाई उनीहरूका अपराधहरूको लागि जवाफदेही बनाउन, युवा अपराधको मूल कारणलाई सम्बोधन गर्न बलियो पुनर्स्थापना कार्यक्रमहरू प्रदान गर्न र त्यहाँ प्रहरीको उपस्थिति बढेको सुनिश्चित गर्न बलियो कानून ल्याउन सरकारलाई आग्रह गर्न अनुरोध गर्दछ।’ उक्त संकलनको विवरणमा उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?