एक वर्षअघि अष्ट्रेलिया आएका नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु
साउन २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। २३ वर्षीय सुजन घिमिरेको शुक्रबार राती ११ बजे न्यु साउथ वेल्सको चेरीब्रुकमा दुर्घटनामा परी मृत्यु भएको हो ।
मृतक घिमिरे गत वर्षको अगस्टमा अष्ट्रेलिया अध्ययनका लागि आइपुगेका थिए।
मृतक घिमिरेको शव नेपाल पठाउन तयारी भइरहेको छ। यसका लागि गोफन्डमी मार्फत सहयोग सङ्कलन सुरू गरिएको छ। १५ हजार डलर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करीब १९ हजार डलरभन्दा बढी जम्मा भइसकेको छ।
पछिल्लो समयमा अष्ट्रेलियामा सवारी दुर्घटना बढीरहेका छन्। त्यसमा पनि मोटरसाइकल र स्कुटर दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ।
घिमिरे शव नेपाल पठाउनका लागि सहयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।