न्यु साउथ वेल्सको चर्चित पब १०७ वर्षपछि बन्द हुँदै, ग्राहकहरू दुःखी


साउन २४, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्सको एक चर्चित पब बन्द हुने भएको छ। उक्त क्षेत्रमा रहेको ‘रेलवे होटल’ १०७ वर्षपछि बन्द हुने भएको हो।

सन् १९१४ मा निर्मित न्यु साउथ वेल्स मध्य पश्चिम क्षेत्रको ग्रेनफेलमा रहेको प्रतिष्ठित रेलवे होटल एक शताब्दी भन्दा बढी समयदेखि स्थानीयहरूका लागि लोकप्रिय भेटघाट स्थल भएको थियो।

तर, उक्त पबका मालिकहरू मो र केलिनले गत हप्ता चर्चित पसल बन्द हुने घोषणा गरेका छन्। उक्त पबमा अगस्ट ७ मा अन्तिम पटक पेय पदार्थहरू बिक्री गरिएको थियो।

मो र केलिनले बढ्दो खर्चका कारण पब बन्द गर्नु परेको बताएका छन्।

“साना व्यवसायको लागि हालको वातावरण वास्तवमा धेरै कठिन छ र थप जटिल हुँदै गएको देखिन्छ।” उनीहरूले बनाएका छन्। “त्यसैले, सञ्चालन लागतहरू विरुद्ध लड्न हामी व्यापार बन्द गर्नेछौं।”

मो र केलिनले भवनको स्वामत्व आफैसँग राख्ने बताएका छन्। यो पब बन्द हुने समाचारले ग्राहकहरू भने दुःखित भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?