श्रीमती र ११ हप्ताकी छोरीको हत्या गरेको अभियोगमा अष्ट्रेलियामा एक जना पक्राउ
साउन २५, मेलबर्न, अष्ट्र्रेलिया । सेन्ट्रल क्वीन्सल्याण्डको एक घरमा आफ्नी श्रीमती र नवजात शिशु मृत फेला परेपछि एक व्यक्तिलाई हत्याको दुईवटा आरोप लगाइएको छ।
बिहीबार बिहान ११ बजे भन्दा पहिले रकह्याम्प्टनको पार्क एभिन्यूमा रहेको घरमा अधिकारीहरूलाई बोलाइएको प्रहरीले जनाएको छ।
घरमा, पुलिसले ३० वर्षीया टाइला कोक्स र उनकी ११ हप्ताकी छोरी मर्फी मार्गरेट कोक्सको शव फेला पारेका थिए।
रकह्याम्प्टनको घरमा दुई जना मृतकहरू रहेको रिपोर्ट गरेपछि म्याथ्यू कोक्स ब्रिस्बेनको फोर्टिट्यूड भ्याली पुलिस स्टेशन गएका छन्। ३१ वर्षीय बुबालाई त्यसपछि दुईवटा हत्या (घरेलु हिंसा अपराध) को आरोप लगाइएको छ।
उनले भोलि अदालतको सामना गर्नेछन्।
डिटेक्टिभ इन्स्पेक्टर ड्यारिन शाडलोले उक्त स्थानमा झगडा भएको जस्तो देखिएको बताएका छन्। उनले उक्त अपराधमा बन्दुक प्रयोग भएको दाबीलाई भने अस्वीकार गरेका छन्।
कक्स र मर्फी मार्गरेटको हत्या गरेको उनी मंगलबार राती नै रकह्याम्प्टनबाट ब्रिस्बेन गएका थिए।
रकह्याम्प्टन एयरपोर्टमा प्रहरीले एउटा कारलाई नियन्त्रणमा लिएको छ र फोरेन्सिक परीक्षण भइरहेको जानकारी दिइएको छ।