नाटकीय जित निकाल्दै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा


साउन २७, मेलबर्न, अष्ट्रेलिया । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो ।

निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट्रेलिया भाग्यमानी बन्यो ।

सडनडेथसम्म दुवै टोलीले १०/१० पेनाल्टी प्रहार गरेका थिए । जसमा अष्ट्रेलियाका सात खेलाडीले गोल गर्दा तीन खेलाडी चुकेका थिए । फ्रान्सका ६ खेलाडीले गोल गर्दा चार खेलाडी असफल रहे ।

सेमिफाइनलमा अष्ट्रेलियाले इङ्गल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि स्पेन र स्विडेन सेमिफाइनलमा पुगिसकेका छन् ।

अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो। पछिल्लो २० वर्षमा सेमिफाइनलमा पुग्ने अष्ट्रेलिया पहिलो आयोजक राष्ट्र पनि भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?