ब्रिसबेनमा आगलागीका कारण घर ध्वस्त, एक जनाको मृत्यु
भदाै ५, मेलबर्न, अष्ट्रेलिया । घरमा भीषण आगलागी हुँदा ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। ह्युग वाकरको ब्रिस्बेनमा रहेको घरबाट सुरु भएको आगो उनका छिमेकी दुवैमा फैलिएको थियो।
सार्वजनिक भएको फुटेजमा एक व्यक्तिले शहरको पूर्वमा हथर्नको फोर्ब्स स्ट्रिटमा रहेको घरबाट सबैलाई बाहिर निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ।
मृतक ह्युगकी पत्नी भनि भागेर ज्यान बचाउन सफल भएकी थिइन् । तर, उनका छिमेकीहरूले मात्रै श्रीमान जलिरहेको घरभित्र रहेको चाल पाएपछि बचाउन जलिरहेको घरभित्र पसेका थिए।
स्थानीयहरूले वाकरलाई सडकको छेउमा पानी हालेर बचाउने प्रयास गरेका थिए। तर, क्वीन्सल्याण्ड फायर एण्ड रेस्क्यूका ड्यारेन वेल्शले वाकर ८० प्रतिशत जलेको बताएका छन्। उनको उपचारका क्रममा रोयल ब्रिसबेन एण्ड वुमन्स हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनकी श्रीमतीले ठूलो आवाज सुने र त्यसपछि डिशवाशर र घरको पछाडिबाट धुवाँ निस्किएको देखिएको थियो।
आगलागी भएका तीन घरमध्ये एउटा मात्रै कम क्षति सहित रहेको छ। सो घटनामा अन्य २ जना भने घाइते भएको र उपचार भइरहेको जानकाररी दिइएको छ।