स्टीफन गेगलर अष्ट्रेलियाको प्रधानन्यायाधीश बन्ने
भदाै ६, मेलबर्न, अष्ट्रेलिया । स्टीफन गेगलर अष्ट्रेलियाको प्रधान्यायाधीश हुने भएका छन्। सुसान किफेलको कार्यकाल सकिएपछि संघीय सरकारले मंगलबार गेगलर अष्ट्रेलियाको सर्वोच्च अदालतको १४औं प्रधानन्यायाधीश हुने घोषणा गरेको हो।
अब उनले पाँच वर्ष उच्च अदालतको नेतृत्व गर्ने भएका छन्।
प्रधानमन्त्री एन्थोनी अल्बानीज र महान्यायाधिवक्ता मार्क ड्रेफसले न्यु साउथ वेल्स सर्वोच्च अदालतका न्यायाधीश रोबर्ट बिच-जोन्सले नोभेम्बरमा न्यायाधीशको पदपूर्ति गर्ने बताएका छन्। वर्तमान न्यायाधीशको नोभेम्बरमा कार्यकाल सकिँदैछ। प्रधानन्यायाधीश र न्यु साउथ वेल्सका न्यायाधीको सपथ ग्रहण नोभेम्बर ६ तारिखका लागि तोकिएको छ।
न्यायाधीश गेगलर प्रधानन्यायाधीश किफेलपछि सबैभन्दा वरिष्ठ न्यायाधीश हुन्। २०१२ मा गिलार्ड लेबर सरकारले नियुक्त गर्दा उनी कमनवेल्थ सोलिसिटर-जनरल थिए। उनले जुलाई २०२८ सम्म सेवा गर्न सक्नेछन्। त्यतिबेला उनी ७० वर्ष पुग्नेछन्।
प्रधानमन्त्री र महान्यायाधिवक्ताले न्यायमूर्ति गेगलरलाई कानुनी विज्ञका रूपमा उच्च सम्मान गरिएको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
उनले पूर्व प्रधानन्यायाधीश एन्थोनी मेसनको सहयोगीको रूपमा उच्च अदालतमा आफ्नो कानूनी क्यारियर सुरु गरेका थिए।