गल्तीले जेलबाट दोषी छुटेपछि न्यु साउथ वेल्स अधिकारीलाई सस्ती
भदाै ७, मेलबर्न, अष्ट्रेलिया । गल्तीले जेलबाट एक व्यक्ति छुटेपछि न्यु साउथ वेल्सका अधिकारीहरूले देशव्यापी खोजी सुरू गरेका छन् । दोषी ठहरिएपछि जेलमा रहेका व्यक्ति गत हप्ता जेलबाट छुटेका थिए।
४९ वर्षीय रान्डोल्फ कन्भरीले अदालतका अधिकारीहरूलाई उनी अर्को पाँच महिना रिहा नहुने बताएका थिए। अधिकारीहरूको गल्तीले उनको भनाइ गलत साबित भयो।
कन्भरीले गत हप्ता न्यूक्यासल स्थानीय अदालतमा छुट्टै मुद्दामा हाजिर हुँदा शारीरिक हानि र हतियारको अपराधमा आक्रमणका लागि न्यूनतम १२ महिनाको सजाय भोग्दै थिए।
उनलाई २०२४ जनवरी ३० सम्म रिहा नगर्नु पर्ने थियो। तर, सुधारात्मक सेवा अधिकारीहरूले बुधवार (अगस्ट १६)मा बेलुका ३ बजे उनलाई रिहा गर्न अनुमति दिएका थिए।
एक कागजी त्रुटीले यो भएको बताइएको छ। सामुदायिक तथा न्याय विभागले अदालतलाई त्रुटिबारे जानकारी हुने बित्तिकै वारेन्ट जारी गरेको बताएको छ।
कन्भरीले रिहा भएर कुनै अपराध नगरेको र तीव्र गतिमा उनको खोजी भइरहेको बताइएको छ। कन्भरीलाई अन्तिम पटक हन्टर सेन्ट न्यूकासलमा जेलको लुगा लगाएको अवस्थामा अदालतको अगाडि देखिएको थियो।