मेलबर्नको स्कुलमा विद्यार्थीहरूले ४ जना शिक्षकलाई कुटे, ६ जना प्रहरी नियन्त्रणमा


भदाै ८, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको एक विद्यालयमा भएको आक्रमणलाई रोक्ने क्रममा चार शिक्षकहरूलाई आक्रमण गरिएको छ। सोही समयमा अन्य विद्यार्थीहरूले अन्य विद्यार्थीहरूले नजिकैको रेल स्टेसनमा एक यात्रुलाई आक्रमण समेत गरेका  छन्।

हिंसात्मक घटनापछि मंगलबार अपरान्ह ४ बजेतिर प्रहरी र प्यारामेडिकहरू तर्नेत सिनियर कलेज पुगेका थिए । पाँच किशोरले विद्यालयको फोयरमा अर्को विद्यार्थीलाई आक्रमण गरेको बताइएको छ।

झगडाको क्रममा एक विद्यार्थीलाई जोगाउन खोज्दा चार शिक्षकलाई कुटपिट गरिएको पाइएको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई टाउकोमा लात हानेको र एक शिक्षकलाई भुइँमा लडाएर कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको छ।

मुक्का र लात हानेको देखिएको उक्त भिडियोमा चिच्याहट पनि सुन्न सकिन्छ। प्रहरीले घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको छ।

१९ वर्षीय पूर्व विद्यार्थीलाई कुटपिट गरेको अभियोग लागेको छ। उनलाई पछि जमानतमा रिहा समेत गरिएको छ।

प्रहरीले तर्नेतका अन्य चार युवालाई कुटपिट र गैरकानूनी आक्रमणको आरोपमा मुद्दा चलाउने तयारी गरेको जानकारी दिएको छ।

त्यो झगडा भइरहेको बेलामा, पुरुष विद्यार्थीहरूको समूहले तार्नेत स्टेशनमा एक व्यक्तिलाई आक्रमण गरिरहेको भिडियो समेत क्यामेरामा कैद भएको छ। उक्त फुटेजमा एक समूहले मानिसको टाउकोमा थुकेको देखिएको छ।

बेलुका ४ः४० बजे प्रहरी आइपुग्दा युवाहरु भागेको र पीडितले प्रहरी समयमा नआएको आरोप लगाएको छ।

प्रहरी विन्डहम क्षेत्रमा किशोर किशोरीहरूको सानो समूह बीचको तनावको बारेमा सचेत भएको एक प्रहरी प्रवक्ताले बताएका  छन्।

तार्नेत कलेजका सिनियर कार्यवाहक प्रिन्सिपल शेन कोल-हेहोले विद्यार्थीका आमाबाबु र हेरचाहकर्ताहरूलाई स्कूलले घटनाहरूको अनुसन्धान गर्न पुलिससँग काम गरिरहेको जानकारी दिँदै बुधबार इमेल पठाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?