अष्ट्रेलियामा ठूलो भूकम्पको धक्का
भदाै १३, मेलबर्न, अष्ट्रेलिया । मंगलबार उत्तरी अष्ट्रेलियामा ठूलो भूकम्प गएको छ। अष्ट्रेलियाको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएको जियोसाइन्स अष्ट्रेलियाले जानकारी दिएको छ।
मङ्गलबार दिउँसो करिब ३ बजे अष्ट्रेलियाको बाँडा सागर नजिकै ६.० म्याग्निच्युडको भूकम्प गएको बताइएको छ। अष्ट्रेलियाभरका बासिन्दाहरूले भूकम्पको धक्का महसुस गरेको जानकारी दिएका छन्।
अधिकांश रिपोर्टहरू उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियाका बासिन्दाहरूबाट आएका थिए।
उक्त भूकम्प मंगलबार बिहान इन्डोनेसियाको बालीमा गएको भूकम्पको सम्भावित परकम्प भएको पनि बताइएको छ। मंगलबार बिहान इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
मौसम विज्ञान विभागका अनुसार अष्ट्रेलियामा अहिले सुनामीको खतरा छैन।