न्यु साउथ वेल्सको चर्चित झरनामा एक जनाको मृत्यु


भदाै १३, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्सको डंगर फल्सको पोखरीबाट एक व्यक्तिको शव निकालिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त शव मिड नर्थ कोस्टका ४५ वर्षीय पुरूषको रहेको छ। उनी आइतवार साँझ पाैडी  खेल्दा पोखरीमा डुबेको न्यु साउथ वेल्स प्रहरीले जानकारी दिएको छ।

कोफस हार्बरबाट ३५ किलोमिटर पश्चिममा रहेको प्रसिद्ध ३० मिटर अग्लो डोरिगो झरनाको अगाडि पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।

उक्त पोखरीमा रहेका अर्को व्यक्तिले ति व्यक्ति डुबेको थाहा पाएपछि आपतकालीन सेवाहरूलाई यसबारे जानकारी दिएका थिए। घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले करीब ६ घण्टा लगाएर ति व्यक्तिको शव बाहिर निकालेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?