प्रेमीसँग विवाह गर्ने भनेपछि बाबुले गरे डाक्टर छोरीको हत्या
भदौ १५, कराँची। पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन्। विवाहको विषयलाई लिएर मतभेद बढेपछि पिताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन्।
पाकिस्तानको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।
सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो। सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन्।
सोही विषयमा बाबु र छोरीकाबीचमा आन्तरिक विवाद बढदै गए छि पिताले आफ्नो छोरीलाई गोली हानेका थिए। पिताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।